Logo

शनिबार गर्न नहुने कामहरु !

शनिवारको दिन शनिदेवको विशेष दिन हो । र, शनिदेवलाई न्यायका देवता मानिन्छ । शनिदेवलाई प्रसन्न गर्नका लागि यस दिन सर्सिउको तेल, कालो तिल आदी चढाइन्छ ।

यस दिन नयाँ काम गर्दा सफल हुने पनि बिश्वास छ । न्यायको देवता मानिने शनिदेवलाई खुसी बनाउन खाने कुरामा सावधानी अपनाउनु पर्छ।

ज्योतिषीय मान्यता अनुसार जसको कुण्डलीमा शनिदोष हुन्छ उनीहरुले शनिदेवको पूजा गर्न जरुरी छ । शनिवारको दिन केही काम गर्न वर्जित कामहरु :

नुनको खरिद पनि शनिवार बर्जित गरिएको छ । उक्त दिन नून किन्दा घरमा दरिद्रता भित्रन्छ ।
शनिवारका दिन रातो खुर्सानी नखानुहोस् । त्यसको सट्टा कालो या हरियो खुर्सानिको प्रयोग गर्नु उपयुक्त हुन्छ ।
शनिवारको दिन रक्सी पिउनाले कुन्डलीमा शुभ शनि हुँदा हुँदै पनि शनिको शुभ फल प्राप्त हुँदैन ।
शनिवारको दिन दुध या दही सेवन गर्दा त्यसमा वेसार वा सख्खर राखेर पिउनु पर्छ ।
शनिवारको दिन घरमा फलाम या फलामबाट बनेका बस्तु ल्याउन हुँदैन ।
काठबाट बनेका सामान पनि शनिवार किन्न अशुभ मानिन्छ ।
शनिवार सर्सिउको तेल दानको महत्व छ तर त्यस दिन किन्न हुँदैन ।
शनिवारको दिन कालो रंगको लुगा या जुत्ता किन्न लाग्नु भएको छ भने विचार गर्नुहोस् शनिवार यस्तो वस्त्र किन्न उपयुक्त हुँदैन शनिदोष भएका व्यक्तिले केही खानेकुराहरु भूलेर पनि खान हुदैन । यस दिन आपँको अचार खानुहुँदैन । शनि देव अमिलो चिजको विरोधी भएकाले यस्ता चिजहरु नखानु नै राम्रो हुन्छ ।34

प्रतिक्रिया दिनुहोस्