Logo

सोमबार कुन भगवानको दर्शन गर्ने ?

हिन्दु धर्ममा विश्वास राख्ने हिन्दुहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पुजा गर्ने चलन रहेको छ । सोमबार अर्थात आजको दिन भगवान शिवको लागि सबैभन्दा महत्वपुर्ण दिन हो । सोमबारको शास्त्रहरुमा निकैं महत्वपुर्ण भुमिका रहेको कुरा विश्लेषण गरिएको छ ।

हरेक हप्ताको सोमबार आफैंमा एक महत्वपुर्ण दिन हो, यसलाई अर्को अर्थमा भगवान शंकरको दिन पनि भन्ने गरिन्छ ।हिन्दुधर्ममा हप्ताको हरेक वारलाई देवी देवताको वार मानिने गरिन्छ।

विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुईदिन सोहि वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्।

हेरौँ, सोमवारमा कुन देवी९देवताको पूजा गरिन्छ । विशेष गरेर सोमबारको दिन शिवजीको पुजा गर्ने परम्परा रहेको छ । यो दिन शिवजीको पुजा गरेमा शिवजी चाँडै प्रसन्न हुने विश्वास छ । ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार सोमबारको कारक ग्रह चन्द्र हो भने यसको स्वामी शिव हो।

त्यसैले यस दिन चन्द्र र शिव जोडिएको उपस गर्नु उत्तम मानिन्छ। ज्योतिषशास्त्रमा उल्लेख भए अनुसार सोमबारको दिन गर्नुपर्ने कार्यहरु बारे यहाँ प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्