Logo

बिहिबार गर्नुपर्ने र गर्न नहुने कामहरु के-के हुन् ?

प्रत्येक व्यक्ति आफ्नो जीवनमा खुसी, समृद्धि, धन, प्रसिद्धि र सम्मान आदि चाहन्छ। यस्तो अवस्थामा ऊ बिहान सबेरै उठेर शौचाचार गरेर शुद्ध भएर भगवानको आराधना गर्दछ ताकि भगवान सधै उसको अनुकूल भएर भगवानको कृपा प्राप्त होस् । उसको सबै अवरोध हटेर जीवनमा खुसी मिलोस्। नि:सन्देह भाग्य भगवानको अधीनमा छ, तर हामीले यो बुझ्नु आवश्यक छ कि भगवानले त्यसको मद्दत गर्नुहुन्छ, जसले आफ्नो मद्दत गर्दछ । यसको मतलब यो हो कि तपाईं आफैले पहिलो कदम चाल्नु पर्छ। तपाईंले सर्वप्रथम यो निर्णय गर्नुपर्छ कि तपाईं के चाहानुहुन्छ र तपाईं आफ्नो विचारमा प्रष्ट भएर अगाडि बढेपछि भगवानले तपाईलाई सफलताको बाटो देखाउनुहुनेछ। यो कुरा सधैं याद राख्नुहोस् कि भाग्यले तपाईंलाई तब मात्र साथ दिन्छ जब तपाईं कडा मेहेनत गर्नुहुन्छ।

नि:सन्देह, आजको आधुनिक युगमा पनि हाम्रो ज्योतिषशास्त्रमा विश्वास कायम रहेको छ । हामी कर्म र भाग्य दुवैमा विश्वास गर्ने भएकाले ज्योतिष शास्त्र हाम्रो जीवनको अभिन्न अङ्ग बन्न पुगेको छ। हामी प्राय कुनै महत्वपूर्ण काम गर्नुअघि ज्योतिषीसंग परामर्श गरेर त्यो काम आफ्नो लागि सहि छ कि छैन र त्यो कामको लागि उपयुक्त समय छ कि छैन त्यो हेरेर मात्र काम गर्दछौँ । उदाहरणको लागि, हामी धन प्राप्त गर्नको लागि लक्ष्मीको पूजा गर्छौं। सबैको जीवनमा यस्तो समय आउँछ जब हामी हाम्रो फाइदाको लागि केहि ज्योतिषीय उपचारहरू प्रयोग गर्दछौं। यी सुझावहरू वा उपचारहरूमा हाम्रा समस्याहरू समाधान गर्ने शक्ति छ भन्ने विश्वास गरिन्छ।

हिन्दू क्यालेन्डरका अनुसार प्रत्येक दिन कुनै न कुनै भगवानमा समर्पित हुन्छ। आज बिहिबारको बारेमा कुरा गरौं । यो दिन भगवान विष्णु र बृहस्पति प्रति समर्पित छ, जसलाई सबै देवताहरूको गुरु पनि भनिन्छ। ग्रहहरुको स्थिति अनुसार बिहिवार बृहस्पतिको पूजाको दिन हो। यदि हामी कुण्डलीको बारेमा कुरा गर्छौं भने बृहस्पतिको कमजोर स्थितिले तपाईंको स्वास्थ्य, व्यक्तिगत जीवन र अन्य धेरै कुराहरुमा नकरात्मक प्रभाव पार्न सक्छ। त्यसकारण यो विश्वास गरिन्छ कि बिहिबारको दिन बृहस्पति / भगवान विष्णुको पूजा गर्नु वास्तवमा लाभदायक हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्