Logo

रोनाल्डोको भविष्यबारे नयाँ खबर सार्वजनिक

म्यानचेष्टर युनाइटेडमा क्रिस्टियानो रोनाल्डोको भविष्यबारे नयाँ खबर सार्वजनिक भएको छ । जसअनुसार युनाइटेड आफ्नो सुपर स्टारलाई क्लब छाड्न अनुमति दिन सक्छ तर त्यसका लागि शर्त पूरा गर्नुपर्नेछ ।

पोर्चुगलका रोनाल्डोलाई युनाइटेडले क्लब छाड्नका लागि स्वीकृति दिनका लागि शर्त राखेको छ । युनाइटेडसँगको सम्झौता नवीकरण गरेको खण्डमा मात्र युनाइटेडले उनलाई लोनमा क्लब छाड्न दिनेछ । मिररका अनुसार युनाइटेडको रोनाल्डोको सम्झौता २०२४ सम्मका लागि नवीकरण गर्न चाहन्छ ।

त्यसका बावजुत पनि रोनाल्डो ओल्ड ट्राफोर्ड छाड्न चाहन्छन् । रोनाल्डोले क्लब छाड्न खोज्नुको कारण भने उनको च्याम्पियन्स लिग खेल्ने चाहना नै हो । जुन युनाइटेडमा रहे यस सिजन पूरा हुँदैन ।

प्रतिक्रिया दिनुहोस्