Logo

राष्ट्रिय प्रतियोगिता नखेलेका खेलाडीलाई जुनियर विश्व च्याम्पियनसिपमा पठाउने

नेपाल एथलेटिक्स संघले अहिलेसम्म एउटै राष्ट्रिय प्रतियोगिता नखेलेका खेलाडीलाई जुनियर विश्व च्याम्पियनसिपमा पठाउने भएको छ।

प्रारम्भिक सूचीमा नाम दर्ता गरिएका जुनियर एसियन च्याम्पियनसिपका स्वर्ण विजेता अजितकुमार यादवलाई हटाएर दुवईमा बस्दै आएकी रेश्मा सुवेदीलाई साउन १६ देखि २१ सम्म कोलम्बियामा हुने एथलेटिक्स जुनियर विश्व च्याम्पियनसिपमा पठाउने निर्णय भएको हो ।
विश्व च्याम्पियनसिपका लागि प्रारम्भिक सूचीमा एक पुरुष र एक महिला खेलाडीको नाम दर्ता भएको एउटामात्र कोटा पाएकाले प्रदर्शनका आधारमा रेश्मालाई पठाउन लागिएको नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले जानकारी दिएका छन् । संघले विश्व च्याम्यिनसिपमा खेलाडी पठाउन छनोट प्रतियोगिता आयोजना गरेन ।

प्रतिक्रिया दिनुहोस्