Logo

सुनिश्चित भयो त्रिचन्द्र क्याम्पस पुनर्निर्माणका लागि बजेट

त्रिचन्द्र क्याम्पसको भवन पुनर्निर्माणका लागि ४८ करोड २० लाख रूपैयाँ बजेट सुनिश्चित भएको छ ।

सहरी विकास मन्त्रालयले सहरी विकास तथा भवन निर्माण विभागलाई स्रोत सुनिश्चित भएको पत्र पठाएको हो ।

क्याम्पसको भवन प्रवलीकरणका लागि सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग ४८ करोड २० लाख ६१ हजार ६२९ रुपैयाँ माग गरेको थियो । अर्थ मन्त्रालयले ४८ करोड २० रूपैयाँ सुनिश्चित गरेको जानकारी विभागलाई गराएको छ ।

आवश्यक रकम उपलब्ध हुने भएपछि दुरावस्थामा रहेको क्याम्पस पुनर्निर्माणको बहुवर्षीय आयोजना अघि बढ्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्