Logo

नवौं खेलकुद र नेपाल टी–२० लिग एकै समयमा

बृहत नवौं राष्ट्रिय खेलकुद र नेपाल टी–२० लिगको समय जुध्ने भएको छ । दुई प्रतियोगिता एउटै समयमा पर्दा क्रिकेट खेलाडीहरुको समय व्यवस्थापन भने कठिनाइ हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्ससँग मिलेर आयोजना गरेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिग ८ असोजदेखि सुरु हुँदैछ ।

यो प्रतियोगिता झण्डै एक महिना अर्थात् ५ कात्तिकसम्म चल्नेछ ।
गण्डकी प्रदेशमा हुने बृहत नवौं राष्ट्रिय खेलकुद आयोजनाको मिति पनि २८ असोजदेखि ३ कात्तिकसम्म निर्धारण भएको छ ।

क्यानले ४ जेठमा नेपाल टी–२० लिगको घोषणा गरेको थियो । त्यतिबेलासम्म राष्ट्रिय खेलकुद २२ जेठदेखि २८ गतेसम्म आयोजना मिति तोकिएको थियो ।

तर मन्त्रिपरिषद्‍ले १० जेठमा राष्ट्रिय खेलकुद सारेर असोज(कात्तिकमा गर्ने निर्णय गरेको थियो । नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषदले नवौंमा समावेश भएका ३६ खेलका स्पर्धाहरु सम्बन्धित खेल संघले नै आयोजना गर्नुपर्ने बताएको छ ।

एकै समयमा दुई प्रतियोगिता पर्दा क्यानलाई प्राविधिक र प्रशासनिक रुपमा व्यवस्थापनको कठिनाइ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्