Logo

राष्ट्रपति जो बाइडेनलाई पुनः कोरोना सङ्क्रमण

राष्ट्रपति जो बाइडेनलाई पुनः कोरोना सङ्क्रमण भएको छ ।

तीनदिनअघि एकान्तबासबाट बाहिर निस्किएका उनी फेरि सङ्क्रमित भएका राष्ट्रपति कार्यालयका चिकित्सक डा केभिन ओ कनरले बताएका छन् । उनासी वर्षीय सङ्क्रमित राष्ट्रपति पुनः एकान्तबासमा फर्केका छन् । उनले कोभिड–१९ विरुद्ध पूर्ण खोप र दुईपटक वुष्टर डोज लिएका थिए ।

सङ्क्रमणमुक्त नभएसम्म उनी एकान्तबासमा नै रहने चिकित्सका कनरले बताए। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम निर्देशिकाअनुसार उनले कम्तीमा पाँच दिन एक्लै बस्नुपर्नेछ । राष्ट्रपति भवनको एउटा कोठामा उनी एक्लै बस्नेछन् ।

प्रतिक्रिया दिनुहोस्