Logo

साफ यू-२० च्याम्पियनसिप : नेपालले आज भारतसँग खेल्दै

भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपालले तेस्रो खेलमा आइतवार घरेलु टोलीसँग खेल्दै ।

भुवनेश्वरमा भइरहेको खेल कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे शुरू हुनेछ । नेपाल आजको खेल जित्दै फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिने छ ।

यसअघिको दुई वटा खेल जितेको टोली उच्च आत्मविश्वासका साथ मैदान उत्रने प्रशिक्षक मेघराज केसीले बताएका छन् । नेपालले यसअघि माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको थियो । भारतले भने यसअघि मिश्रित नतिजा निकालेको छ । पहिलो खेलमा बंगलादेशसँग २–१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलंकालाई ४–० ले पराजित गरेको थियो । फाइनल पुग्नका लागि दुवै टोलीलाई यो खेल महत्वपूर्ण छ ।

भारतलाई हराएमा नेपाल लगभग फाइनल पुग्नेछ । भारतलाई पनि फाइनल पुग्ने सम्भावना कायम राख्न नेपालविरुद्ध खेल जित्नै पर्नेछ दबाब छ । पाँच राष्ट्र सहभागी च्याम्पियनसिप सिंगल राउण्ड रोविन लिगका आधारमा भइरहेको छ । सहभागी टोलीले एकआपसमा खेलेपछि धेरै अंक जोड्ने दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्