Logo

मध्यराति असईले हिरासतकी महिलालाई लगे आफ्नो कोठामा

हिरासतमा रहेकी महिलालाई सोधपुछको बहानामा प्रहरी सहायक निरीक्षक (असई)ले मध्यराति आफ्नो कोठामा लगेर यौन दुर्व्यवहार गरेको आरोप लागेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत असई प्रविण चौलागाईँमाथि उक्त आरोप लागेपछि उनलाई निलम्बित गरेर छानबिन थालिएको हो ।

इलाका प्रहरी कार्यालयको मुद्दा शाखामा कार्यरत आसई चौलागाईंविरूद्ध ती महिलाले बलात्कारको प्रयास गरेको आरोप लगाउँदै मुद्दा दर्ता गराएकी छन् । उक्त मुद्दा दर्ता भएलगत्तै असई चौलागाईं निलम्बनमा परेका हुन् ।

अहिले असई आफै थुनामा रहेका छन् । उनले आचरण विपरीत कार्य गरेको भन्दै थुनामा राखेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पीडित महिलाले आफूलाई असई चौलागाईँले शुक्रबार मध्यरातमा हिरासतबाट आफ्नो कोठामा पुर्‍याएको बताएकि छिन् । उक्त कुरा थाहा पाएपछि हिरासतमा रहेका अरु व्यक्तिले होहल्ला गर्दै विरोध समेत गरेको बताइएको छ । ती महिलाले आफूमाथि असईद्वारा बलात्कार प्रयास भएको भन्दै शनिबार बिहानै आफ्ना आमाबुवालाई साथमा लगेर जिप्रका, नेपालगन्जमा उजुरी दिएकी थिइन् । ती महिला बहुबिवाह मुद्दामा पक्राउपछि इप्रका कोहलपुरको थुनामा रहेकी थिइन् ।

असई चौलागाईँलाई साेमबार अदालतसमक्ष उपस्थित गराउने तयारी भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्