Logo

काठमाडौँको मेयर बालेन र कांग्रेशको महामन्त्री गगन थापाबीच भेटघाट र छलफल

नेपाली कांग्रेसका महामन्त्री गगन थापा र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ।

थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत बालेनसँग भेटवार्ता भएको जानकारी गराएका छन्। उनीहरूबीच काठमाडाैंकाे फाेहाेरमैला व्यवस्थापनबारे छलफल भएकाे थापाले बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो काठमाडौँ महानगर प्रमुखज्यूसँग काठमाडौँको फोहोर मैलाको व्यवस्थापन,सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन,सहरी स्वास्थ्य सेवा लगायतका विषयमा अर्थपूर्ण छलफल भयो। काठमाडौँको महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहने छ।’

प्रतिक्रिया दिनुहोस्