Logo

दुखद खबर : २७ वर्षीय ट्याक्टर चालक मृत फेला

खोटाङको दिक्तेलमा एक पुरुष मृत फेला परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका २७ वर्षीय ट्याक्टर चालक किसन हिङमाङ बिहीबार बिहान मृत फेला परेका हुन् ।

मृतक हिङमाङले दिक्तेल रत्नपार्कस्थित रामकाजी खत्रीको ट्याक्टर चलाउँदै आएका थिए । उनी खत्रीकै घरमा बस्दै आएको र उनकै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने जिल्ला प्रहरी खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्