Logo

चक्रवती कलेजको चर्को शुल्क वृद्धिबारे क्रान्तिकारीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

शैक्षिक शत्र २०७९/८० बाट शुरु हुने ५ वर्षीय बि.ए .एल एल.बि तर्फको शुल्क वृद्धि गरेर रु. ७ लाख १६ हजार ४ सय बाट रु. दश लाख ७०,हजार २२ वर्षीय एल.एल.एम तर्फको शुल्क वृद्धि गरेर रु. ३लाख २३,हजार बाट रु. ५ लाख ४८ हजार निर्धारण गरिएको कदमले विद्यार्थीहरुलाई आन्दोलित बनाएको छ ।

विभिन्न माग राखेर विद्यार्थीहरुले आन्दोलन गर्दै आएको आज १५ दिन जति भएको छ । तर कलेज प्रशासन वाट कुनै पहल भएको देखिँदैन । उल्टै कलेज प्रशासनले नै कलेजमा तालाबन्दी गरेर सञ्चालकहरु फरार भएका छन् । विभिन्न चरणको आन्दोलनमा त्यहाँका विद्यार्थी नेताहरुमाथि पुलिस प्रशासन लगाएर दमन गरेको छ । उक्त दमनमा परी विद्यार्थी नेता दीर्घ रोकाया लगाएतका नेताहरु घाइते भएको थियो ।

अखिल क्रान्तिकारीको केन्द्रीय संयोजक पवन कार्की , संगठन विभाग प्रमुख बालकुमार केसी लगाएत नेताको उपस्थितिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल (सुनिल) ज्युलाई इकाई अध्यक्ष शम्भु पन्त लगाएतका नेताहरुले ज्ञापन पत्र बुझाएको छ । शिक्षा मन्त्री ज्यूले उक्त ज्ञापन पत्र बुझ्दै समस्या समाधान गर्न र घटनाको आवश्यक छानबिन गर्नको निम्ति विश्वविद्यालय लाई निर्देश दिनु भएको बारे अखिल (क्रान्तिकारी) को केन्द्रीय प्रवक्ता उपदेश यादवले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्