Logo

छातीमा समस्या देखिएपछि पोखराको पूर्वमेयर अस्पताल भर्ना

पोखरा महानगरपालिकाका पूर्वमेयर मानबहादुर जिसी अस्पताल भर्ना भएका छन् ।

छातीमा सोमबार बेलुका अकस्मात् समस्या देखिएपछी उनलाई फेवा सिटी हस्पिटलमा भर्ना गरिएको हो ।

जिसीको आईसीयू कक्षमा उपचार भइरहेको छ । ‘छाती दुखेर अस्पतालमा ल्याइएको रहेछ, हामीले मुटु रोगको समस्या हो कि भनेर आईसीयूमा राखेर उपचार सुरु गरेका थियौं, मुटुको समस्या रहेनछ,’ डा. बुद्धिबहादुर थापाले जानकारी दिएका छन् ।

अस्पताल भर्ना भएका जिसीलाई मेयर धनराज आचार्यले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उपचारमा संलग्न डाक्टरहरूले जिसीको अवस्था सामान्य रहेको जानकारी गराएको मेयर आचार्यले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्