Logo

आफ्नै पत्नीलाई पक्राउ गरेको आरोपमा एक युवक पक्राउ

आफ्नै पत्नीले दिएको बलात्कारको उजुरीको आधारमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । मकवानपुरको थाहा नगरपालिका–७ घर भएर बानेश्वर बस्ने दिनेश कार्की पक्राउ परेका छन् ।

२५ वर्षीय कार्की विरुद्ध उनकै पत्नीले जबर्जस्ती करणी गरेको जाहेरी दिएकी थिइन् । बागबजारमा आफुलाई बलात्कार गरेको पत्नीको आरोप छ । कार्कीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले साउन १७ मा पक्राउ अनुमति दिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई अनामनगरबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्