भारतमा प्रधानमन्त्री बालेनलाई सैनिक सम्मानसहित सलामी


काठमाडौँ । दुईदिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भारतीय सेनाको सलामी ग्रहण गरेका छन्। नयाँदिल्लीस्थित विमानस्थलमा भारतका तीनवटै सुरक्षा निकायका सैनिक टुकडीले प्रधानमन्त्री शाहलाई सलामी दिएका हुन्।

प्रधानमन्त्री शाह आइतबार नेपालबाट भारत प्रस्थान गर्दा नेपाली सेनाबाट प्रदान गरिने सम्मान गारत (गार्ड अफ अनर) ग्रहण गरेका थिएनन्। उनी कुनै विशेष तामझामबिना नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिल्ली गएका थिए।

तर, भारत पुग्दा उनले सैनिक सलामी ग्रहण गरेपछि यस विषयले चर्चा पाएको छ। नेपालमा सम्मान गारत नलिएका प्रधानमन्त्रीले भारतमा भने सैनिक सलामी लिनुलाई लिएर विभिन्न टिप्पणी हुन थालेका छन्।