Logo

गाडी तोडफोड गर्ने बन्दकर्ताले खाए रामधुलाई !

काभ्रेको बनेपास्थित चारदोबाटोमा गाडी तोडफोड गर्न खोज्ने बन्दकर्तालाई स्थानीयले पिटेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चार दलले आह्वान गरेको बन्दका क्रममा गाडी तोडफोड गर्ने बन्दकर्ताले स्थानीयले पिटेका हुन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा एक बन्दकर्तालाई स्थानीयले हातपात गरेको देखिन्छ । त्यसपछि बन्द गराउन सडकमा निस्किएका बन्दकर्ता र नेपाल प्रहरीबीच घम्साघम्सी भएको थियो । प्रहरीले केही बन्दकर्तालाई पक्राउ समेत गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी। समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका थिए । काठमाडौँ उपत्यकामा बन्दको प्रभाव नदेखिएपनि देशका विभिन्न ठाउँमा बन्दको प्रभाव देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्