Logo

काठमाडौं मल र आरबी कम्प्लेक्समा महानगरले चलायो डोजर , बालेन उत्रिए एक्सनामा

काठमाडौं महानगरपालिकाले नक्सा पास बिनै बनाएका संरचना भत्काउन थालेको छ।

बुधबार बिहान मेयर बालेन शाह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहित टोलीले काठमाडौं मलमा निर्माण गरिएको संरचना भत्काएको हो।

प्रहरीले संचरना भत्काउनु अगाडिनै पसल खाली गराइसकेको थियो। नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य संरचना बनाइएको भन्दै महानगरपालिकले त्यस्ता संरचना धमाधम भत्काइरहेको छ।

काठमाडौं मल र खिचा पोखरीस्थित आरबि कम्प्लेक्समा बनाइएका संरचना भत्काएको हो। अब बिरा कम्प्लेक्समा संरचना हटाउने महानगरले जनाएको छ।

केही दिनअघि मात्रै महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउण्ड पार्किङमा सञ्चालन भएका पसलहरू हटाएर संरचना भत्काएको थियो ।

प्रतिक्रिया दिनुहोस्