Logo

नबिल बैक न्युरोड शाखाको संरचना हटाउन मेयर बालेनको निर्देशन…….

पार्किङ गर्नका लागि बनाइएको बेसमेन्टमा नबिल बैंकले शाखा कार्यालय राखेपछि काठमाडौं महानगरपालिकाले बेसमेन्टमा बनाइएका संरचना हटाउन बैंकलाई निर्देशन दिएको हो ।

बुधबार न्युरोडमा महानगरका मेयर बालेन्द्र शाहसहितको टोलीले अनधिकृत रुपमा बनाइएको संरचना हटाउने क्रममा नबिल बैंकले पार्किङ गर्नका लागि बनाइएको बेसमेन्टमा शाखा कार्यालय राखेको पाएपछि हटाउनका लागि निर्देशन दिइएको मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिएका छन् ।

शाहले बेसमेन्टमा सञ्चालन गरिएको शाखा कार्यालय गैरकानुनी रुपमा राखिएकाले हटाउनका लागि निर्देशन दिएको उनले बताएका छन् ।

उनले भने, ‘यो त सरासर उपभोक्ताहरूमाथिको खेलबाड हो । बेसमेन्टमा कहीँ शाखा कार्यालय हुन्छ ? हामीले तुरुन्तै हटाउन भन्दै ताकेता गरेका छौं । ‘

प्रतिक्रिया दिनुहोस्