Logo

कुवेत जान लागेका ३९ जना महिला विमानस्थलबाट फिर्ता

कुवेत जान लागेका ३९ जना महिलालाई नेपाल प्रहरीले विमानस्थलमा रोकेको हो । जजिरा एयरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कुवेत जान लागेका महिलाहरुलाई प्रहरीले शंकास्पद कागजातका आधारमा रोकेको हो ।

कुवेतमा भिजिट भिसामा जान लागेको देखिए पनि उनीहरु रोकिएका हुन् । उनीहरुले बोकेको कागजातसँग उनीहरुको दाबी मेल नखाएपछि प्रहरीले प्रस्थान कक्षकै गेट क्षेत्रमा रोकेको थियो ।

‘दुबईमा भिजिट भिसामा जान लागेको भनेका थिए, तर विश्वसनीय आधार नदेखिएपछि फर्काएका हौं,’ प्रहरी स्रोतले भन्यो । उनीहरुलाई विदेश लगेर श्रम भिसा दिलाउने प्रलोभन देखाइएको हुनसक्ने प्रहरीको अनुमान छ । कुवेत हुँदै दुबई जाने कुरामा आशंका भएपछि प्रहरीले सोधपुछ गरेको थियो । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाही प्रहरीले नै महिलाहरुलाई फर्काएको बताउँछन्।

प्रतिक्रिया दिनुहोस्