Logo

बिधार्थीमा देखिन थाल्यो कोरोन सक्रमण,सल्यानको १९ बिधार्थी सक्रमित

सल्यानको बनगाड कुपिण्डे नगरपालिका-१२ मा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयका १९ जना विद्यार्थीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुस्टि भएको छ । ९९ जनामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमणको पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले रातोपाटीलाई जानकारी दिएका छन् ।

सो विद्यालयका १०० भन्दा बढी विद्यार्थी बिरामी परेको खबर बाहिरिएसँगै बुधबार नगरपालिकाको स्वास्थ्य शाखाको टोली विद्यालयमा पुगेको थियो । ‘विद्यार्थीमा रुघाखोकीको समस्या देखिएको विद्यालय स्रोतले जानकारी गराएपछि हाम्रो टोली विद्यालयमा गएका थियौं,’ उनले भने,‘ सुरुमा एकजना शिक्षकमा कोरोना देखिएकाले कोरोना चेक गरेका हौं ।’ उनले विद्यार्थीको अबस्था सामान्य रहेको पनि जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्