Logo

कपिलवस्तुमा एक जनाको गोली हानेर हत्या

कपिलवस्तुको मायादेवी गाउँपालिका-५ मा एक जनाको गोली हानी हत्या भएको छ।

शुक्रबार दिउँसो अज्ञात समूहले मायादेवी- ६ का ५५ वर्षीय घुरहु भनिने रामअनुज पासीमाथी गोली प्रहार गरेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले शुक्रबार दिउँसो अज्ञात समूहको गोली प्रहारबाट पासी गम्भीर घाइते भएको र उनलाई जिल्ला अस्पताल तौलिहवा लगिएको जानकारी दिएका छन् ।

‘हामी अहिले घटनास्थलमै छौं, घाइतेलाई अस्पताल पुर्‍याएपछि डाक्टरले मृत घोषणा गरेका छन्,’ मिश्रले भने। मिश्रले गोली प्रहारपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको र गोली प्रहारमा संलग्नको खोजी भइरहेको जानकारी दिएका छन् ।

‘गोली प्रहार कसले र किन हान्यो भन्ने अझै खुलिसकेको छैन, हामीले अनुसन्धान गरिरहेका छौं,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्