Logo

नेवार समुदायमाथि आघात पुर्‍याएको आरोपमा कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ

नेवार समुदायको आस्था र रहनसहनमाथि आघात पुर्‍याएको आरोपमा कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले पक्राउ गरेको हो । नेवाः अभियन्ता सुमन सायमीसहितका केही अभियन्ताले दिएको उजुरीको आधारमा उनी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेश मैनालीले सिंहलाई आइतबार बिहान पक्राउ गरिएको पुष्टि गरेका छन् । सिंहले केही दिनअघि युट्युबमा पोस्ट गरेको कमेडी क्याफे नामक स्ट्यान्ड अप कमेडी विवादमा तानिएको थियो ।

यद्यपि, उक्त भिडियोलाई अहिले युट्युबबाट हटाइएको छ भने उनले माफी पनि मागिसकेका छन् । एसपी मैनालीले सिंहलाई पक्राउ गरेर अनुसन्धान थालिएको बताएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै सिंहले स्ट्यान्ड अप कमेडी गरेबापत फेसबुकमार्फत ज्यान मार्ने धम्की पाएको उल्लेख गर्दै कलाकारको रुपमा मानवीय त्रुटि हुन सक्ने भन्दै माफी समेत मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्