Logo

अदालतको अवहेलनासम्बन्धी अभियोगमा ७ दिनभित्र जवाफ दिन बालेनलाई सर्वोच्चको आदेश

अदालतको अवहेलनासम्बन्धी अभियोगमा ७ दिनभित्र लिखित जवाफ पेश गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले सोमवार मेयर साहलाई लिखित जवाफका लागि आदेश दिएको हो ।

‘अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई दिए हुन्छ’ भनी सामाजिक सञ्जालमा लेखेपछि अधिवक्ता दीपकराज जोशीले साहविरुद्ध आइतवार सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए । नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्चले अन्तरकालीन अन्तरिम आदेश दिएपछि मेयर साहले उक्त कुरा सामाजिक सञ्जालमा लेखेका थिए ।

त्यसैविरुद्ध परेको रिटमाथि सोमवार सुनुवाइ भएको हो । अब मेयर बालेनले अदालतसामु लिखित जवाफ पेश गर्नुपर्नेछ

प्रतिक्रिया दिनुहोस्