Logo

रौतहटमा चट्याङ लागेर तीन जनाको मृत्यु

रौतहटमा चट्याङ लागेर तीन जना महिलाको मृत्यु भएको छ।

मंगलबार बिहान साढे ७ बजे रौतहटको गरूडा नगरपालिका-३ मलाहीचोक बस्ने तीन जनाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिल मल्लले जानकारी दिए।

मृतक सोही ठाउँ बस्ने सुदनीयादेवी सहनी, उनकी १७ वर्षीया छोरी जगियाकुमारी र स्थानीय रूप नारायणकी १८ वर्षीया छोरी मनिषा सहनी छन्। उनीहरूको गरूडास्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी मल्लले बताए।

यस्तै चट्याङ लागेर एक जना घाइते समेत भएका छन्। सोही ठाउँमा बस्ने ४० वर्षीया सहेलीदेवी सहनी घाइते छिन्। उनको पनि सिटी अस्पतालमा उपचार भइरहेको छ। उनी खतरामुक्त भइसकेको प्रहरीले जनाएको छ। बिहान उनीहरू चारै जना सोही ठाउँका शरद सहनीको धानखेतमा काम गरिरहेका थिए। त्यसक्रममा उनीहरूलाई चट्याङ लागेको हो।

प्रतिक्रिया दिनुहोस्