Logo

सर्लाही ३ मा प्रत्यक्षतर्फ कांग्रेस नेता विनाेद खनालकाे नाम सिफारिस, नेता विनाेद खनाल सर्लाही क्षेत्र नम्बर ३ को बलियाे उमेदवार

काठमाडौं : सर्लाही क्षेत्र नम्बर ३ प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसबाट विनाेद खनालकाे नाम सिफारिस गरेकाे छ । सर्लाही कांग्रेसका पूर्व जिल्ला उपसभापति खनाल क्षेत्र नम्बर ३ का प्रभावशाली नेता हुन् ।

साे क्षेत्रमा नेकपा एमालेले पूर्वसांसद हरि उप्रेतीकाे नाम सिफारिस गरिसकेकाे छ । उप्रेतीलाई हराउनसक्ने बलियाे उमेदवारका रूपमा खनाललाई हेरिएकाे छ । खनाल यसअघि पनि सांसदका लागि पटक पटक सिफारिस भएका थिए । यसपटक भने खनाललाई टिकट दिएर कांग्रेसले न्याय गर्नुपर्नेमा स्थानीय नेता कार्यकर्ताले जाेड दिएका छन् ।

`एमालेकाे उमेदवारलाई हराउन सक्ने कांग्रेसभित्रकाे एउटै बलियाे उमेदवार विनाेद खनाल हाे, ´´ कांग्रेसका जिल्ला समितिका एक पदाधिकारीले भने, “ कांग्रेस जिताउने हाे भने यसपटक उहाँकाे विकल्प छैन ।´´ खनाल कांग्रेसकाे महाधिवेशनमा डा. शेखर काेइराला टिमबाट मधेस प्रदेशकाे उपसभापतिकाे उमेदवार थिए । पारिवारिक रूपमै खनालकाे परिवार सर्लाही कांग्रेसमा याेगदान गरेकाे परिवार मानिन्छ । खनाल स्वयं प्रजातन्त्रका लागि पटक-पटक जेल गएका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्