Logo

झापा क्षेत्र न . ४ मा राप्रपा बाट खुस्वु ओलीको नाम सर्बसम्मत सिफारिस

झापा क्षेत्र न . ४ बाट राप्रपा बाट प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको लागि खुस्वु ओलीको नाम सर्बसम्मत सिफारिस भएको छ ।

वेलायतको अक्स्फर्ड विश्वविधालयमा राजनीतिशास्त्र अध्ययन गरेकी रास्ट्रीय प्रजातन्त्र पार्टीकी युवा नेत्री खुस्वु ओली झापा निर्वाचन क्षेत्र नं ४ बाट प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको लागि सर्वसम्मत रुपमा सिफारिस भएकि राप्रपाले बताएको छ । अक्स्फर्ड विश्वविधालयमा अध्ययन गरेका ६५ व्यक्तित्वहरु हालसम्म विभिन्न देशका प्रमुख समेत भैसकेका छन् ।

युवा उधमी तथा अन्तरास्ट्रिय रणनीतिकार खुस्वु ओली हाल राप्रपा की केन्द्रीय प्रशिक्षक पनि हुन् । उनि एक दशक देखि डेभलपमेन्ट सेक्टरमा काम गर्दै आएकी छिन भने उनले स्थापना गरेको एनजिओ ले कारागारहरुमा पुनर्स्थापनाका कार्यक्रमहरु गर्दै आइरहेको छ । महिला र किसान शसक्तिकरण अभियान र सडक बालबालिकाको पुनर्स्थापनाको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ ।

झापामा वर्षौ देखि कृषि क्षेत्रमा काम गर्दै गरेकी ओलीको उम्म्मेद्वारीले महिला र युवालाई ठुलो प्रेरणा मात्र नभई नया जोश र आशा समेत दिएको स्थानियबासीहरु बताँउछन ।ओलीका बुवा नेकपाएमालेका नेता हुनुहुन्थो विगत केही समय देखि राप्रपा नेपाल प्रवेश गरेका समाजसेवी श्याम ओलीको छोरी खुस्वु नेपालमा युवाहरु माझ लोकप्रिय मानिन्छिन ।

प्रतिक्रिया दिनुहोस्