Logo

पूर्व शिक्षा मन्त्रीसँग स्वतन्त्र भिडेका इन्जिनिएर शाहले पाए डोजर चुनाव चिन्ह

दिपक गिरी | २७ असोज काठमाडौँ 

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत महोत्तरी क्षेत्र नम्बर १ मा स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका ईन्जिनियर, शिक्षक जय शाहले डोजर चुनाव चिह्न पाएका छन्। उनले महोत्तरी क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।

महोत्तरी क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार घोषणा गरेका जय शाह पछिल्लो केहि दिनदेखि निर्वाचनको तयारीमा जुटेका छन्। इन्जिनियर साथै शिक्षण पेसा बाट उदाएका शाहले स्वतन्त्र उम्मेदवार घोषणा गरेसंगै मतदाताहरु समक्ष उनीहरुका समस्याका विषयहरुमा छलफल गर्न थालेका छन्।

शाहले महोत्तरी क्षेत्र नम्बर १ गौशाला नगरपालिका बर्दिबास नगरपालिका र भंगहा नगरपालिका मतदाताहरुसंग सो क्षेत्रका समस्या र आउँदै गरेको निर्वाचन बारेमा छलफल गरेका छन् । मतदाताहरु स्वतन्त्र उम्मेदवारप्रती आसावादी गरेको उनले बताएका छन् ।
उनि भन्छन ‘धेरै पटक पार्टीका नेताहरुलाई चुनाव जिताइयो तर समस्या जस्ताको त्यस्तै छन्। चुनाव नजिक आउदा ठुला सपना र आश्वाशन देखाउने जितेपछि नाक मुख न देखाउने यस कारण यो पटक यहाका जनताहरुले स्वतन्त्रलाई जिताउनु हुन्छ भन्ने आश लागेको छ’।

सो क्षेत्र बाट मावोवादीका नेता पुर्व शिक्षा मन्त्रि गिरिराज मणि पोखरेल, एमाले बाट लक्ष्मी महतो लगायत १५ जनाले मनोनयन दर्ता गराएका छन्। उक्त क्षेत्रमा पार्टीलाई हराउने बालियो स्वतन्त्र उमेद्वारका रुपमा जय शाह हुन्।

प्रतिक्रिया दिनुहोस्