फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढेको छ । मूल्य बढेसँगै सुन प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ पुगेको छ । बिहीबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १२० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ३ हजार ७५ रुपैयाँ रहेको चाँदी आज बढेर ३ हजार १९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख १० हजार ९९० रुपैयाँ र चाँदीको मूल्य प्रतिदश ग्राम २ हजार ७३९ रुपैयाँ कायम भएको छ ।