Logo

काठमाडौ मेडिकल कलेजको लापरबाहिका कारण ४८ वर्षे शैलेन्द्र विधाधर अप्रेसनको क्रममा निधन

काठमाडौ मेडिकल कलेजका डाक्टरको लापरबाहिका कारण एक व्यतिmको ज्यान गएको छ । सिनामंगल वडा नं ९ का स्थानिय शैलेन्द्र विधाधरको अप्रेसनका क्रममा ज्यान गएको हो । ४८ वर्षिय शैलेन्द्रको टाउकोमा भएको भनिएको ट्युमरको अप्रेसनका क्रममा नसा काटिएर अत्याधिक रतmस्राव भए पछि उनको मृत्यु भएको हो । सामान्य चेकजाचका लागि केएमसि गएका शैलेन्दलाई े टाउकोमा टयुमर रहेको बताउदै अप्रेसन गर्न सुझाएको थिए । डाक्टरको सल्लाह अनुसार असोज २७ गते उनको अप्रेसन भएको थियो तर अप्रेसनकै दौरान डाक्टरको लापरबाहिका कारण नसा काटिएर शैलेन्द्रको मृत्यु भएको उनके परिवारको भनाई छ ।

डाक्टरको लापरबाहिका कारण शैलेन्द्रको ज्यान गए पछि क्षतिपुर्तिको माग राख्दै भोलिदेखि आन्दोलन गर्ने शैलेन्द्रका परिवार र स्थानियले बताएका छन् । शैलेन्द्रको असोज २९ गते मृत्यु भएको अस्पतालले बताएको थिए ।

परिवारको भनाई अनुसार अप्रेसनको दौरान नसा काटिए पछि , परिवारको सल्लाह बिना नै बिरामिलाई न्युरो अस्पताल बासबारि लगि थप उपचार गरि सोहि दिन केएमसि फर्काइएको थियो । अप्रेसन पछि उनको भेन्टिलेटरमा राखेर थप उपचार भइरहेको केएमसि प्रशासनले बताएको थियो ।

केएमसिले भेन्टिलेटरमा राखेर बिरामिको उपचार भइरहेको बताए पनि अप्रेसनकै दौरान शैलेन्द्रको मृत्यु भइसकेको उनको परिवारको भनाइ छ । केएमसिले यस्ता लापरबाहिक कारण थुप्रै व्यतिmहरुको ज्यान लिएको परिवार र स्थानियको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्