Logo

नेपालले पहिलो पटक विश्वकप आयोजना गर्दै

सन् २०२७ मा हुने यू-१९ महिला विश्वकपको आयोजना नेपाल र बाङ्लादेशले संयुक्त रुपमा गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२४ देखि २०२७ सम्म आयोजना गरिने यू-१९ महिला विश्वकपका लागि आयोजक देशको नामावली सार्वजनिक गर्दै नेपाल र बाङ्लादेशले २०२७ मा हुने खेलको आयोजना संयुक्त रुपमा गर्ने जनाएको हो ।

आईसीसीका अनुसार २०२४ मा श्रीलंका‚ २०२५ मा मलेसिया र थाइल्यान्ड‚ २०२६ मा जिम्बाब्वे र नामिबिया र २०२७ मा हुने विश्वकप नेपाल र बाङ्लादेशले संयुक्त रुपमा आयोजना गर्नेछन् ।

आयोजक देशका नामहरू मार्टिन स्नेड्डेनको अध्यक्षतामा बसेको बोर्ड उपसमितिको बैठकबाट छनोट गरिएको थियो । उक्त छनोटलाई आईसीसी बोर्डले मान्यता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्