Logo

डिआईजी रामदत्त जोशीलेद्वारा निर्वाचन सुरक्षा अनुगमन तथा निर्वाचनमा खटिने प्रहरी कर्मचारीहरूलाई निर्देशन

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले जिल्ला प्रहरी कार्यालय कास्कीको निर्वाचन सुरक्षा योजना अनुगमन तथा जिल्लाका विभिन्न स्थानहरुमा निर्वाचन सुरक्षाका लागि जान लागेका प्रहरी कर्मचारीहरुलाई विशेष निर्देशन गर्नुभएको छ ।
आगामी मंसिर ४ गते सम्पन्न हुन गई रहेको निर्वाचनलाई शान्त, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न

प्रहरी कर्मचारीहरूले गर्नुपर्ने कार्यहरू तथा निभाउनु पर्ने भूमिकाका सम्बन्धमा सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । प्रहरी नायव महानिरीक्षक जोशीले निर्वाचन आयोग प्रदत्त अधिकारको प्रयोग गरी, प्रहरी आचरण र व्यवहारलाई आत्मसाथ गरी निर्वाचन सम्पन्न गराउनु हुन समेत निर्देशन गर्नुभयो । यसका साथै प्रहरी नायव माहनिरीक्षक जोशीले जिल्लाको सम्पूर्ण मतदान केन्द्रको सुरक्षा योजना , प्रहरी जनशक्ति र म्यादी प्रहरी व्यवस्थापनको समेत अनुगमन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्