Logo

अनधिकृत राखिएका परिचय पाटी हिजोबाट हटाइँदै हेर्नुहोस भिडियो सहित।

काठमाडौं महानगरपालिकाले हिजोदेखि अनधिकृत परिचय पाटी हटाउन सुरु गरेकोछ । यस्ता वोर्ड हटाउन महानगरले ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो । तोकिएको समयसीमाभित्र नियमित नगर्नेहरुको परिचय पाटी हिजोबाट हटाउँदैछौँ । राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी भन्छन्, ‘पाटी हटाउँदा ख्याल गर्नुपर्ने केही बुँदा हामीले टोलीलाई सम्झाएका छौँ । यो विषय सर्वसाधारणलाई पनि थाहा हुन आवश्यक छ ।’

पाटी हटाउँदा ख्याल गर्नुपर्ने विषयका बारेमा डा. अधिकारी थप्दै भन्छन्, ‘३० बर्गफुटभन्दा धेरै आकार भएका सबै बोर्ड हटाइनेछ । प्रायोजकको वोर्ड पनि यही आकारभित्र हुनुपर्नेछ । मापदण्डभित्रका बोर्ड वडामा गएर राजस्व तिरेपछि राख्न सकिन्छ । अहिलेसम्म पनि नियमित भएका छैनन् भने तुरुन्तै वडामा सम्पर्क राख्न सकिन्छ । व्यवसायिक स्थलमा ३० वर्गफुटभित्र जुनसुकै आकारको भए पनि एउटाभन्दा धेरै बोर्ड हटाइनेछ । यस्तै सार्वजनिक स्थलमा रहेका झ्याल, ढोका छोपिने गरी राखिएका, छतमा राखिएका सबै वोर्ड हटाइनेछ ।’

यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाइनेछ । विभागले असोज ७ गते ३० दिने सूचना दिएर मापदण्डभित्र राख्न सकिने परिचय पाटीको आकार र त्यसमा वार्षिक रुपमा लाग्ने दरसमेत उल्लेख गरेर सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।

६ वर्ग फुटसम्मको परिचय पाटीको वार्षिक शुल्क ५ सय रुपैयाँ हो । १५ बर्गफुटसम्मको १ हजार ५ सय रुपैयाँ र सार्वजनिक सूचनामार्फत भित्र एउटाभन्दा धेरै कुनै पनि साइजको परिचय पाटी राख्न नपाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्