Logo

यूएईलाई हराउदै नेपालले जित्याे एकदिवसीय सिरिज

यूएईलाई हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेकाे छ । आज शुक्रवार भएकाे तेस्राे तथा अन्तिम खेलमा यूएईलाई छ विकेटले हराउँदै नेपालले शृङ्खला जितेकाे हाे ।यूएईले दिएकाे एक सय ७७ रनकाे लक्ष्य नेपालले ४० ओभर १ बलमा चार विकेट गुमाएर भेटायाे । नेपालका लागि आसिफ शेखले नटआउट ८८ रन र ज्ञानेन्द्र मल्लले ६४ रन बनाए । बलिङतर्फ यूएईका हजरत बिलाल र आयान अफजल खानले एक/एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर एक सय ७६ रन बनायो । यूएईका लागि आयान अफजल खानले नटआउट ५४ रन र अलिशान शराफुले ३३ रन बनाए । बलिङतर्फ नेपालका गुलशन झा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्