काठमाडौँ । उज्यालो नेपाल पार्टीले वैकल्पिक आवासको व्यवस्था नगरी सुकुमबासी तथा भूमिहीन नागरिकलाई होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।
पार्टीका प्रवक्ता राजेन्द्र अवस्थीले प्रेस विज्ञप्ति जारी गर्दै सुकुमबासीका घरटहरा भत्काउने, आवासको आश्वासन दिएर महिनौँसम्म अन्योलमा राख्ने र अहिले अस्थायी आश्रयस्थलबाट समेत हटाउन खोज्नु गैरजिम्मेवार तथा अमानवीय कार्य भएको बताएका छन्।
पार्टीले यस्तो कदम संविधानप्रदत्त आवासको हक र सामाजिक न्यायको सिद्धान्तविपरीत रहेको जनाएको छ। भूमिहीन तथा सुकुमबासीको समस्या बलपूर्वक विस्थापनबाट नभई सुरक्षित आवास, मानवीय व्यवहार र दीर्घकालीन पुनर्वासमार्फत समाधान गर्न सरकारसँग आग्रह गरेको छ।

















प्रतिक्रिया