Logo

निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पुरा भइसकेको छ : प्रवक्ता राई

नेपाल प्रहरीले आइतबार हुने निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पुरा भइसकेको जनाएको छ ।

निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरी सहित १ लाख ८६ हजार ६ सय ९३ जना प्रहरी परिचालन गरिएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिनुभयो । शनिबार पत्रकारसँग कुरा गर्दै प्रवक्ता राईले निर्वाचन शान्तिपूर्ण रूपमा सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

मतदान स्थलमा ढुङ्गा मुडा गर्ने, मतदान कार्यक्रमलाई स्थगित गर्ने, मतपेटिकालाई तोडफोड गर्ने, लिएर भाग्ने लगायतका गतिविधि गर्ने विरुद्ध प्रहरीले आवश्यक बल प्रयोग गर्ने र आवश्यक परे गोली समेत हान्न सक्ने आदेश जारी भएको उहाँले जानकारी दिनुभयो । प्रवक्ता राईले निर्वाचन विरोधी गतिविधि गर्ने ३१ समूहहरू पहिचान भइसकेकाले निगरानी राखिएको र केहीलाई पक्राउ गरी मुद्दा चलाइएको बताउनुभयो ।

उहाँले निर्वाचनका लागि सादा पोशाकका प्रहरी परिचालनका साथै रिजर्भ टोली राखिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्