Logo

दीपकराज गिरी भन्छन् : भविष्यमा राजनीतिमा आउछु

निर्माता तथा अभिनेता दीपकराज गिरीले भविष्यमा राजनीतिमा आउनु परे फिल्म क्षेत्र नै छाडेर लाग्ने बताएका छन् ।

आइतबार काठमाडौं क्षेत्र नम्बर ९ को दहचोक खहरे केन्द्रबाट मतदान गरेपछि उनले आफूले राजनीतिक र सामाजिक मुद्दामा बोलिरहेको बताए । तर अहिले भने आफू अर्धमौन अवस्थामा रहेको दीपकले बताए । ‘राजनीतिक विषयमा बोलिरहेको छु, अहिले अर्धमौन छु । सदनमा युवापुस्ता पुग्नुपर्छ भन्ने मेरो मान्यता हो,’ दीपकले भने । उनले आफू कुनै एक व्यक्तिको पक्षमा भन्दा पनि परिवर्तनकारी विचार समूहलाई समर्थन गर्ने बताए ।

उक्त केन्द्रका सबैभन्दा अन्तिम मतदाता बनेका दीपकले आगामी फिल्म ‘छक्कापञ्जा ४’ मा ७० प्रतिशत विषयवस्तु वर्तमान राजनीतिक अवस्थाको रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्