Logo

सर्लाहीको गोडैतामा झडप हुदा १ जनाको मृत्यु

सर्लाहीको गोडैता नगरपालिका-६ मा शनिबार राति झडप हुँदा एक जनाको मृत्यु भएको छ। ४ जना घाइते भएका छन्। 

अबेर राति झडप हुँदा ६५ वर्षीय रामकेवल रायको मृत्यु भएको छ। झडपमा ढुङ्गा हानाहानमा भएको थियो। 

ढुङ्गा लागेर गम्भीर घाइते भएका रायको आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका अन्य ४ जनाको अवस्थामा सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

प्रतिक्रिया दिनुहोस्