Logo

शहरी क्षेत्रमा देखियाे घण्टीकाे क्रेज

अहिलेसम्म मतगणना भएका क्षेत्रको पछिल्लो रुझान हेर्दा शहरी मतदाताले रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी रुचाएको देखिएकाे छ । काठमाडौंमा मतगणना भइरहेका क्षेत्रहरूमा उक्त पार्टीका उम्मेदवारले धेरै मत पाइरहेका छन् ।

अग्रता नलिएको क्षेत्रमा पनि निकटतम प्रतिस्पर्धामा स्वतन्त्र पार्टीका उम्मेदवार छन् । काठमाडौं‌ ८ गठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठलाई चुनौती दिएर स्वतन्त्रका विराजभक्त श्रेष्ठ र सुमन सायमी अगाडि छन् ।

अनि, काठमाडौं ६ पनि गठबन्धनका उम्मेदवार भीमसेनदास प्रधान र एमाले उम्मेदवार सर्वेन्द्र खनाललाइ पछाडि पारेर स्वतन्न पार्टीका शिशिर खनाल अगाडि छन् ।

काठमाडौं ७ मा मानुषी यमीलाई पछाडि छाेडेर गणेश पराजुरी अगाडि देखिन्छन् । त्यति मात्र होइन, काठमाडौं १ मा पुकार बम र ललितपुर ३ मा तोसिमा कार्कीले पनि निकै राम्रो मत ल्याइरहेका छन् ।

काठमाडौं बाहिरका शहरी क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले मत ल्याइरहेका छन् । अनि, कास्कीमा पनि त्यही पार्टीले अग्रता लिएको छ । यसरी हेर्दा शहरका मतदाताले परम्परागत दलप्रति वितृष्णा पाेखेकाे संकेत गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्