काठमाडौँ । स्रोत नखुलेको नेपाली तथा विदेशी मुद्रासहित काठमाडौँको बौद्धबाट एक तिब्बतीयन नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–३ निवासी ४९ वर्षीय टासी लामा छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनको घरबाट २४ लाख ४८ हजार नेपाली रुपैयाँ, १ हजार ७६७ चिनियाँ युआन, १ हजार १०० अमेरिकी डलर र २०० सिंगापुर डलर बरामद भएको छ।
प्रहरीले उनको साथबाट तिब्बतीयन शरणार्थी परिचयपत्रसमेत फेला पारेको छ। अनुसन्धानका क्रममा उनले फरक विवरण पेस गरी २०५९ र २०६० सालमा दुईवटा नेपाली नागरिकता लिएको खुलेको प्रहरीले जनाएको छ।
बिहीबार पक्राउ परेका लामामाथि बरामद रकमको स्रोत र दोहोरो नागरिकताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



















प्रतिक्रिया