Logo

विश्वकप फुटबल महाभिडन्त : स्विट्जल्यान्डसँग ब्राजिल र उरुग्वेसँग पोर्चुगल भिड्दै 

फिफा विश्वकप २०२२ अन्तर्गत आज समूहमा दोस्रो चरणका अन्तिम खेल हुँदैछन्। समूह ‘जी’ मा ब्राजिल र स्विट्जरल्यान्ड तथा क्यामरुन र सर्वियाबीच भिडन्त हुँदैछ।

क्यामरुन र सर्विया दिउँस ३:४५ बजे भिड्दा ब्राजिल र स्विट्जरल्यान्डबीच ९:४५ बजे खेल हुनेछ। समूहमा ब्राजिल र स्विट्जरल्यान्डले पहिलो खेलमा जित निकालेका थिए। त्यसैले दुवै टिम आजको खेलमा जित निकालेर अन्तिम १६ मा पुग्ने योजनामा छन्। पहिलो खेलमा पराजित भएका सर्विया र क्यामरुनका लागि भने अन्तिम १६ मा पुग्न आजको खेल महत्वपूर्ण छ।

यस्तै समूह ‘एच’ मा आज दक्षिण कोरिया र घाना ६:४५ बजे भिड्दा पोर्चुगल र उरुग्वेबीचको खेल मध्यराति १२:४५ बजे हुनेछ।  पोर्चुगलले पहिलो खेलमा घानालाई हराएको थियो भने दक्षिण कोरिया र उरुग्वेले बराबरी खेल्दै अंक बाँडेका थिए। आजको जितले पोर्चुगल अन्तिम १६ मा पुग्छ। बाँकी टिमलाई अन्तिम १६ मा पुग्न आजको खेल महत्वपूर्ण छ। 

आजका खेल 
क्यामरुन भर्सेस सर्विया – दिउँसो ३:४५ बजे 
दक्षिण कोरिया भर्सेस घाना – साँझ ६:४५ बजे
ब्राजिल भर्सेस स्विट्जरल्यान्ड – राति ९:४५ बजे 
पोर्चुगल भर्सेस उरुग्वे – राति १२:४५ बजे

प्रतिक्रिया दिनुहोस्