Logo

प्रहरी नायव महानिरीक्षक किरण राणाद्वारा उपत्यका प्रहरीको काम कारवाहीलाई थप प्रभावकारी बनाउन निर्देशन

काठमाडौं, १२ मंसिर
प्रहरी नायव महानिरीक्षक किरण राणाबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतका कार्यालय प्रमुखहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सोमबार निर्देशन सम्बोधन गरेका छन् ।

राणाले सबै संगको समन्वय र सहकार्यमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन गर्न सफल भएकोमा सम्पुर्ण प्रहरी कर्मचारीहरू, म्यादी प्रहरीहरूलाई धन्यवाद दिएका हुन् । महानिरीक्षक राणाले आफू मातहतका प्रहरी कर्मचारीहरुलाई थप उर्जाशील बनाउनका लागि सम्पूर्ण कार्यालयका प्रमुखहरूले आवश्यकता अनुसार सम-सामायिक विषयमा प्रहरी कर्मचारीलाई निर्देशन दिनुपर्ने बताएका छन्।

मानवअधिकार तथा आर्थिक पारदर्शितामा शुन्य सहनसिलता (zero Tolerance) मा प्रहरी कारवाहीलाई अगाडी बढाउन र उपत्यका प्रहरीको काम कारवाहीलाई थप प्रभावकारी बनाउन आवश्यक कार्ययोजना बनाई कार्यन्वयन गर्न तथा नागरिकहरूसंग प्रहरीको प्रत्यक्ष सम्पर्क हुने हुनाले आफ्ना कमी कमजोरीलाई सुधार गर्दै बोली वचन-व्यवहारमा शिष्टता र नम्रता अपनाई कानून कार्यान्वयन गर्न समेत निर्देशन दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्