Logo

रोनाल्डोको विश्वकप जित्ने सपना अधुरो, रुदै निस्किए मैदानबाट

फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि जित्ने पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको सपना समाप्त भएको छ।

फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलको खेलमा मोरक्कोसँग पोर्चुगल १-० गोलले पराजित भएसँगै रोनाल्डोको सपना पनि चकनाचुर भएको हो।

क्लब फुटबल र युरोपियन प्रतियोगिता जितेका रोनाल्डोको  अन्तिम लक्ष्य विश्वकपको उपाधि उचाल्नु थियो। त्यसैले उनले यो विश्वकपलाई आफ्नो अन्तिम विश्वकप र उपाधि जित्नका लागि अन्तिम अवसर भएको बताउँदै आएका थिए। उमेरले ३७ वर्ष नाघिसकेका रोनाल्डोले उमेरका कारणले पनि अन्तिम विश्वकप भन्दै आएका थिए।

पछिल्लो समय खेल खस्किएकै कारण रोनाल्डोलाई पोर्चुगलले अन्तिम १६  र क्वार्टरफाइनलको खेलमा बेन्चमा राखेको थियो।शनिबार मोरक्कोविरुद्ध उनी दोस्रो हाफमा मैदान छिरेका थिए। मैदान छिरेको १८ मिनेटसम्म उनले सात पटक मात्र बल छोएका थिए। शनिबार मोरक्कोसँग पराजित भएपछि रोनाल्डोले आँसु थाम्न सकेनन्। मैदानबाट बाहिरिदै गर्दा उनी रोएका थिए।

प्रतिक्रिया दिनुहोस्