Logo

आइएमईले ललितपुर महानगरपलिका नगर प्रहरीलालाई हस्तान्तरण गरयो इलेक्ट्रिक स्कुटर (हेर्नुहोस भिडियो सहित)

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इलेक्ट्रिक प्रालिद्वारा ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इलेक्ट्रिक स्कुुटरहरु हस्तान्तरण गरिएको छ । आज आयोजित एक कार्यक्रमका बीच ती स्कुटर ललितपुर नगर प्रहरीलाई पुनः महानगरपालिकाले हस्तान्तरण गरेको छ ।

हस्तान्तरण गरिएका राफ्ट इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक आइएमई इलेक्ट्रिक प्रालि हो । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो । सो स्कुटर एक पटक फुल चार्जमा १०० किलोमिटर रेन्ज सम्म गड्न सक्ने कम्पनीले जनाएको छ । अधिकतम किमी चल्न सक्ने, बलियो बनावट साथै अधिक पर्फर्मेन्स दिनसक्ने भएकाले सो स्कुटरहरु खरिद गरिएकोे नगरपालिकाले बताएको छ ।

भारतमा उत्पदित राफ्ट स्कटरको वारिअरका साथै टिस्टा, इण्डुस, नुब्रा, जिस्पा समेत नेपालमा उपलब्ध मोडलहरु हुन् । किलेस स्टार्ट, रिमोट लकिङ, रिभर्स गियर, थेफ्ट अलार्म समेत रहेको छ । सेगमेन्टकै आधिकतम ३२० किमी रेन्ज दिन सक्ने स्कटर पनि नेपाली बजारमा रहेको कम्पनीले बताएको छ ।

आइएमई ग्रुप अन्तर्गतको आइएमई मोटर्सले पहिले देखि नै नेपाली बजारमा अशोक लेल्यान्ड र एस्कर्ट्स ब्रान्डका सवारी साधन उपलब्ध गराउदै आएको छ । अब कम्पनी इलेक्ट्रिक सेगमेन्टमा समेत प्रवेश गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर सुरक्षालाई अझै व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगरप्रहरीलाई स्कुटरले थप सहयोग गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्