Logo

रवि लामिछानेले मागे पार्टी कार्यालयका लागि सिइओ, भन्छन् – कति बाकसमा मात्र फर्किने ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि आवेदन माग गरेका छन् । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका लामिछानेले चितवन पार्टी कार्यालयकै लागि सिइओ आवश्यक परेको भन्दै आफ्नो बायोडाटा (सिभी) उपलब्ध गराउन अनुरोध गरेका हुन् ।

आफूजस्तै विदेशबाट फर्किएकाहरुको लागि अवसर भएको भन्दै विकास, सुशासन, व्यवस्थापन लगायतका कार्यभार सम्हाल्न सक्ने मान्छेलाई आकर्षक तलब सुविधा सहित आफैं एयरपोर्टमा लिन आउन तयार भएको उनले उल्लेख गरेका छन्। ‘हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) भएर बिकास, सुसासन, ब्यवस्थापन लगायतका सम्पुर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुबिधा सहित म एयर्पोटमा स्वागत गर्न तयार छु,’ लामिछानेले भनेका छन्, ‘कति बाकसमा मात्र फर्किने ? अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नी, हैन त ?’

प्रतिक्रिया दिनुहोस्