Logo

लाल बहादुरको न्यायको माग गर्दै माइतीघर मण्डला शान्तिपूर्ण प्रदर्शन

काठमाडौं – लाल बहादुर विश्वकर्माको न्यायको माग गर्दै काठमाडौँको माइतीघर मण्डला शान्तिपूर्ण प्रदर्शन भएको छ । हिजो बिहिबार काठमाडौंमा युवाहरुको समूहले माइतीघर मण्डला अगाडी नारा जुलुस साथै धर्ना दिएका थिय ।

सुनसरी जिल्ला अदालतबाट ठगि मुद्धामा १८ महिना जेल र ३ करोड १४ लाख ३३ हजार बिगो तिर्नुपर्ने सजाय पाएका इटहरी –१९ तरहराका गोपाल भनिने लालबहादुर विक निर्दोष र उनलाई चाडो रिहा गर्नुपर्ने माग गर्दै धर्ना दिएका हुन् ।हिजो नै सुनसरीको इटहरीमा पनि लाल बहादुर बि.क.को परिवार तथा स्थानीयले लाल बहादुरको रिहाइको माग गर्दै धर्ना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्