Logo

काठमाडौं प्रहरीपरिसर टेकुमा नयाँ एसएसपी कार्कीको कमाण्ड

जिल्ला प्रहरी परिसर, काठमाडौंमा एसएसपी दानबहादुर कार्कीले पदभार ग्रहण गरेका छन् । बुधबार उनले पदभार ग्रहण गरी मातहतका प्रहरीलाई निर्देशन समेत दिएका छन् ।गृह मन्त्रालयले गत साता परिसरका एसएसपी भरतबहादुर बोहराको सरुवा गरी कार्कीलाई पठाएइको थियो ।

त्यस्तै, ललितपुर परिसरमा पनि सिद्धिबिक्रम शाह हाजिर भएका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा डा मनोज केसीको सरुवा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्