Logo

चौथो एपिक म्युजिक अवार्डमा केपी ओलीको हातबाट महानायक हमाल रु एक लाख नगद सहित सम्मानित

शनिबार साँझ मध्यपुर थिमि नगपालिकाको वडा नं.४ स्थित निगुपुख (दुई पोखरी)मा चौथो एपिक म्युजिक अवार्ड २०७९ सम्पन्न भएको छ ।

समारोहमा नेपाली चलचित्रका महानायक राजेश हमाललाई रु एक लाख नगद सहित सम्मान गरिएको छ । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिनेता राजेश हमाललाई नगद १ लाख १११ रुपैयाँसहित महानायकको सम्मान प्रदान गर्नुभयो ।
सो अवसरमा गायिका तीर्थकुमारी थापा र गायक रत्न बेहोसी लगायत लाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा लोकप्रिय गायक दिपक बज्राचार्यले एउटै तालमा सय भन्दा बढी धिमेको संयोजनमा बेजोड प्रतुति प्रस्तुत गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बिश्वमा सभ्यता,कला ,साहित्य र संस्कृतिको सुरुवात नेपालबाटै भएको बताउनुभयो ।उहाँले बिश्वको पुरानो रचना वेद र बिभिन्न ग्रन्थ नेपालकै हो भन्नुभयो ।

मन पराउने जनता भएकाले नेपाली कला,संस्कृति कहिल्यै नमर्ने र मर्ने पीर गर्नु नपर्ने बताउनुभयो । उहाँले सरकारले देशको मौलिक कला,संस्कृतिको संरक्षण,संबद्र्धन र प्रचारप्रसारमा बिषेश ध्यान दिनुपर्ने र दिने बताउनुभयो ।अध्यक्ष ओलीले अभिनेता हमालको प्रशंसा गर्नुभयो

सम्मान कार्यक्रममा नेकपा एमालेका नेता तथा सांसद कृष्णगोपाल श्रेष्ठ, अध्यक्ष ओलीका धर्मपत्नी राधीका शाक्य, सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, मध्यपुर थिमी नगरपालिकाका पूर्व मेयर मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाको उपमेयर सरिता भट्टराई,चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, अभिनेत्रीहरु बसुन्धरा भुषाल र गौरी मल्ल, हमाल पत्नी मधु भट्टराई लगायत सहभागि हुनुहुन्थ्यो ।
कार्यक्रममा देशका ख्याती प्राप्त कलाकारहरुको बिशेष प्रस्तुति रहेको थियो

जीबित सम्पदा र कला संस्कृतिलाई जोड्न पोखरी परिसरमा कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ ।समारोहको आयोजना सुर्यबिनायक नगरपालिका र मथिनपा वडा नं.४ ले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्