Logo

कञ्चनपुरबाट पन्ध्र किलो चरेससहित दुई जना युवा पक्राउ

कञ्चनपुरबाट १५ किलो पाँच सय २० ग्राम लागुऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले गोप्य सूचनाका आधारमा बझाङ केदारस्यु गाविस वडा नं ७ घरभै भीमदत्त नगरपालिका–३ तिलकपुर बस्ने करन धामीलाई जाँच गर्दा उनको साथबाट चरेस बरामद गरेको हो ।

धामीलाई सोधपुछ गर्दा चरेस शुक्लाफाँटा नगरपालिका–१२ देखतभूली बस्ने महेशप्रसाद भट्टलाई समेत बिक्री वितरण गरेको बताएपछि भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले बताए ।

भट्टको साथबाट ७६ ग्राम लागुऔषध चरेस बरामद भएको उनको भनाइ छ । चरेससहित पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धानको कार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्