Logo

प्यूठानमा महिलालाई बेहोस बनाएर तीन लाख नगद र सुन चोरी

झिमरुक गाउँपालिका-५ ओखरकोट ढाड बजारमा सोमबार साँझ पौने सात बजे स्थानीय पदम खड्काको घरमा चोरी भएको छ।

घरमा पदमकी बुहारी संगीता खड्का मात्र थिइन्। उनको मुखमा नशालु पदार्थ (स्पे) छरी बेहोस बनाएर ८ तोला सुन, तीन लाख रुपैयाँ नगद, एक थान टिभी, ल्यापटप र मोबाइल चोरी भएको छ। टिभी र ल्यापटप घर नजिकैको नेशनल बोर्डिङ स्कुल नजिकै फेला परेको पीडित खड्काले जानकारी गराए।

अपरिचित व्यक्तिको समूह बुहारी मात्र भएको मौका हेरेर घरभित्रै पसेका थिए। पदमसहित उनकी श्रीमती र छोरा दाजुभाईका घरमा गएका थिए। संगिता घरमा चिच्याएपछि स्थानीयले चोर पसेको जानकारी पाएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल विजुवारमा लगिएको छ।

प्रतिक्रिया दिनुहोस्